१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

अर्को हेलिकप्टर मगाएर काठमाडौं‌ फर्किए प्रधानमन्त्री ओली

१४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेल जान प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि अर्को हेलिकप्टर मगाएर काठमाडौँ फर्किनुभएको छ।

शुक्रबार प्रधानमन्त्री काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको हेलिकप्टरमा धुलिखेल जानुभएको थियो ।

एनए ०६७ कलसाइन भएको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि अर्को हेलिकप्टर मगाइएको थियो।

नेपाली सेनाको एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किसकेको काभ्रेस्थित  नेपाली सेनाको स्रोतले जनाएको छ।

प्रकाशित मिति : 16:22