११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

१३ भदौ, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९युएसआइडी०ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिनुभएको थियो ।

मन्त्री शाहीले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।” नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताउनुभयो ।

उहाँले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताउनुभयो ।

सो अवासरमा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समधानका उपायबारे जानकारी लिनुभएको थियो ।

साथै उहाँले युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिर्वतन क्षेत्रमा केन्द्रित रहँदा खुसी लागेको बताउनुभएको थियो ।

प्रकाशित मिति : August 29, 2024 at 4:50 pm