काठमाडौं महानगरका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान
१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । बिहिबार उनीहरुलाई प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
प्रहरी ऐन २०८० का अनुसार प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायब निरीक्षकमा तह वृद्धि गरिएको काठमाडौं महानगरले जनाएको छ ।
महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिएका कारण नै अनुशासित, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १०:५७