१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

नेप्सेमा १११.९६ अंकको गिरावट, १८ अर्ब ६४ करोडको कारोबार

१२ भदौ, काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२ अंकमा कायम भएको छ ।

यस दिन नेप्सेमा १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र दोल्ती पावर कम्पनी रहेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : August 27, 2024 at 3:35 pm