८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अरूको कुरा काट्न छाडेर सहकार्य गरी अघि बढ्न निजी क्षेत्रलाई पूर्वमन्त्री ढकालको आग्रह

७ भदाै, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख एवं पूर्वमन्त्री भानुभक्त ढकालले अहिले देशमा एक खालको सकारात्मक परिवर्तनको प्रभाव देखिएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले यो सकारात्मक प्रभावलाई अझ गति दिएर अघि बढाउनु पर्ने बताउनुभयो ।

अहिले मुलुकको राजनीति थोरै भए पनि परिवर्तन भएको छ, ठुला राजनीतिक दलहरू एक ठाउँमा आएका छन् र सबैलाई मिलाएर देश बनाउने अभियानमा लागेका छन्’, ढकालले भन्नुभयो । एमाले र कांग्रेस मात्रै मिलेर अरूलाई पाखा राख्ने कसैको बुझाइ छ भने त्यो गलत भएको उहाँले बताउनुभयो ।

मुलुकको विकास र स्थायित्व निम्ति कांग्रेस र एमालेले सबैलाई मिलाएर लैजाने उहाँले स्पष्ट पार्नुभयो । अहिलेसम्मको उपलब्धिको प्रमुख अगुवाइ कांग्रेस र एमालेले गरेको कुरा नबिर्सन ढकालले आग्रह गर्नुभयो । आवश्यक पर्छ भने नयाँ कानुन बनाएर र संविधान नै परिमार्जन गरेर भए पनि देशको हितमा काम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर अहिलेको सरकार आएकोले सरकारले काम काम गर्न दिँदैन कि भन्ने नसोच्न ढकालले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । आफू काम नगर्ने र अरूको पनि कुरा काट्ने प्रचलनलाई त्यागेर सहकार्यका साथ अघि बढ्न उहाँले निजी क्षेत्रलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १५:५८