राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
६ भदाै, काठमाडौँ । बिहिबार दिउँसो सवा १ बजे पनि राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनेछ ।
उक्त बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नका साथै प्रतिनिधिसभाबाट सन्देशसहित पाएका बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण र मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने समेत कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति : August 22, 2024 at 10:33 am









