प्रतिनिधिसभा: सांसदले उठाएका प्रश्नको आज प्रधानमन्त्री ओलीले जवाफ दिने
६ भदाै, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत बिहिबार दिउँसो १ बजे प्रतिनिधिसभाकाे बैठक बस्ने भएकाे छ ।
आजको बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने र सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सुरूवात मै सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।
त्यस्तै, प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ अनुसार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनुहुनेछन् ।
धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएकाे विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र विधेयक, २०८१ र वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्नुका साथै सांसद तोसिमा कार्कीले हैजा महामारीले निम्तिन सक्ने समस्याको पूर्वानुमान, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने समेत कार्यसूचीमा उल्लेख गरिएकाे छ ।
प्रकाशित मिति : August 22, 2024 at 10:19 am









