१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपालका १२ वटा जलविद्युत परियोजनाको २५१ मेगावाट विद्युत निर्यातका लागि भारत सुकारले दियो स्वीकृति

३ भदाै, काठमाडौँ  । नेपालका  १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि भारत सरकारले स्वीकृति प्रदान गरेको छ ।

नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत निर्यात गर्ने र स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजना) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्ने नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिनुभएकाे छ ।

भारतका खरिदकर्ताहरुका लागि भारतले जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्सा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान समेत खोलेको जनाइएको छ । जसका कारण खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतीय सरकारको भनाइ छ ।

भारत र नेपालबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : August 19, 2024 at 1:55 pm