१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७० पुग्याे, बैंक तथा बीमाको पूँजीकरण ५८.६ प्रतिशत

२ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आर्थिक वर्ष २०८०/८१ सम्ममा कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेप्सेमा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड बराबरको बोनस सेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

त्यस्तै नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी,२२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

२०८१ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३५५३ अर्ब ६८ करोड कायम भएको छ । २०८० असार मसान्तमा बजार पुँजीकरण ३०८२ अर्ब ५२ करोड रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : August 18, 2024 at 3:40 pm