१३ पुष २०८२, आईतवार | Mon Dec 29 2025

नबिल बैंकले बोलायाे विशेष साधारणसभा, यस्ता छन् एजेन्डा

२ भदाै, काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारणसभा बोलाएको छ । बैंकले भदौ १७ गते बस्नेगरी विशेष साधारणसभा बाेलाएकाे हो । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

विशेष साधारण सभामा “नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर“ जारी गर्ने एजेन्डा रह । यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय विशेष साधारण सभा बोलाएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । नबिलले भदौ ७ गते बुक क्लोज गर्ने भएको हो । त्यसका आधारमा भदौ ६ गते बिहीबारसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १२:५१