१० असार २०८३, बुधबार | Thu Jun 25 2026

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

३२ साउन, काठमाडाैँ । समाज डेन्टल हस्पीटल प्रालि र प्रभु बैंक लिमिटेडबीच सम्झाैता भएकाे छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे । समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हाे ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति : August 16, 2024 at 4:57 pm