गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक
३२ साउन, काठमाडौँ । बिहिबार साँझ गठ्ठाघरमा भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । भक्तपुरकाे गठ्ठाघर पुल नकिजै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको देखिएको छ ।
भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला हुन् ।
सिसिटिभी फुटेजको दृश्य अनुसार बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ ।
बायाँतर्फ गुडिरहेको स्कुटर ट्रक चालकले देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।
प्रकाशित मिति : August 16, 2024 at 12:56 pm









