गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन
३२ साउन, काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिनुभएकाे छ । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै वाहाँले भन्नुभयाे “दुर्घटनामा के भएको हाे ? यसमा पुलिस फोर्सको पनि गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।”
बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटना क्रमबाटै ट्रक चालक फरार भए पनि बिहीबार साँझ नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।
प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ११:४८