१३ पुष २०८२, आईतवार | Mon Dec 29 2025

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक

३२ साउन, काठमाडौँ । माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक भएकाे छ । बैंकले साउन महिनाकै ब्याजदर भदौमा पनि कायम राखेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी साउनकै ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा पनि सोही ब्याजदर कायम थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०९:३५