२७ भाद्र २०८१, बिहीबार | Thu Sep 12 2024

वैदेशिक रोजगारीमा जाने प्रक्रियागत काम पोखरा र भैरहवाबाट पनि गर्न मन्त्रालयको निर्देशन

३० साउन, काठमाडौँ । वैदेशिक रोजगारीमा जान आवश्यक प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको छ । उक्त कार्यका लागि श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सराेकारवाला संघसंस्था तथा कार्यालयहरूका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय बमाेजिम मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाउन थालेको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जानेलाई आवश्यक पर्ने सबै सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीले बताउनुभयाे ।

प्रवक्ता उप्रेतीका अनुसार सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाको सम्बन्धमा सम्बन्धित कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको हाे

त्यसैगरी,श्रम स्वीकृतिका सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने, भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णयसमेत भएको वाहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १४:११