३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शिखर इन्स्योरेन्सको नाफा १२६ प्रतिशतले बढ्यो, यस्ताे छ अन्य सूचक

३० साउन, काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको असार मसान्तसम्म १२६.८७ प्रतिशतले बढेर ५१ करोड ३० लाख २१ हजार रुपैयाँ पुगेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ नाफा रहेको थियो ।

त्यस्तै कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड १२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोष २५२.३४ प्रतिशतले बढेर ३१ करोड ५१ लाख ८५ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १२:३७