३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

३० साउन, काठमाडौँ । दुई सहकारीका सञ्चालकसँग सहकारी बचतकर्ताको बचत रकम अपचलनसम्बन्धीमा गठित संसदीय छानबिन विशेष समितिले बयान लिँदै छ । उक्त सहकारीका बयान लिनका लागि बिहान ८ बजेदेखि बैठक जारी छ ।

बैठकमा स्वर्णलक्ष्मी सहकारीका सञ्चालक विश्वेश्वर अर्याल र कास्कीको पोखरास्थित जेलमा रहेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिइरहेको हो ।

समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ०९:४१