प्रधानमन्त्री ओली र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट
२९ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गर्नुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ।
नेपालको संघीयता र लोकतन्त्रलाई प्रधानमन्त्रीले सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि तथा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्राथमिकता दिनुभएकाे बताउनुभयाे ।
राजदूत फेनले भने नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातका लागि थप सहज गर्ने स्पष्ट पार्नुभयाे ।
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १६:१८