राज्यकोषको एक रुपैयाँ तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ: महामन्त्री थापा
२९ साउन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोपलाई चिर्नसक्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बाेल्दै थापाले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने बताउनुभयाे । ‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, वाहाँले भन्नुभयाे, ‘तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ ।’
‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाकाे भनाइ छ।
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १४:४२