वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेकाे अभियोगमा एक महिला पक्राउ
२८ साउन, काठमाडाैँ । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन्द रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी पीडितबाट रु पाँच लाख ३५ हजार रकम लिएपश्चात् विदेश नपठाई निज सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको जाहेरी दरखास्तअनुसार निजलाई पक्राउ गरिएको हो ।”
भक्तपुरको ठिमीबाट पक्राउ परेकी निज चन्दलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
प्रकाशित मिति : August 13, 2024 at 1:43 pm









