१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेर सिँचाइ आयोजनाको भ्रष्टचारः राजिव रिमालसहित पाँच जनानै भ्रष्टाचारी ठहर

२७ साउन, काठमाडौँ । विशेष अदालतले मुगुको नेर सिँचाइ आयोजना भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमाल समेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा गत वैशाखमा दायर गरेको मुद्दाको अन्तिम सुनुवाइ गर्दै विशेष अदालतले प्रतिवादी सबैलाई भ्रष्टाचारी ठहर गरेको छ ।

आतइबार विशेष अदालतका न्यायाधीशहरू डा खुशीप्रसाद थारू, रामबहादुर थापा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी भ्रष्टाचार गरेको ठहर गरेको हो ।

अदालतले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमाल, सवइञ्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई भ्रष्टाचारी ठहर गरी कैद, जरिवाना र बिगो असुल गर्न आदेश जारी गरेको छ ।

विशेषले पाँच जना प्रतिवादीसँग नै जनही एक लाख १२ हजार २ सउ ९६ रूपैयाँ ३९ पैसा जरिवना र बिगो पाँच लाख ६१ हजार ४ सय ८१ रूपैयाँ ९५ पैसा असुल हुने आदेश गरेको छ । प्रतिवादी मध्ये रिमाल र लवडलाई तीन तीन महिना कैदको समेत फैसला भएको छ । त्यस्तै लवडलाई थप तीन महिना कैद र थप १० हजार रूपैयाँ जरिवनाको समेत फैसला भएको छ ।

प्रकाशित मिति : August 11, 2024 at 4:51 pm