मनमोहन कार्डियोथोरासिक सेन्टरको भवनबाट हाम फालेका एक युवकको मृत्यु
२६ साउन, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकाे छतबाट हाम फालेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका-४ मा बस्ने स्वरूपराज आचार्यले शनिबार दिउँसो करिब ३ बजे त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङबाट हाम फालेका थिए। त्यसैक्रममा आचार्य घाइते भइ उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार १७:१५