१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

अहिलेको टीआरसी विधेयक पीडित मैत्री छ: गृहमन्त्री लेखक

२६ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेको बताउनुभएकाे छ ।

शनिबार ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै वाहाँले प्रश्न गर्नुभयाे, ‘देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय कम भयाे भने देशमा समाजमा के सन्देश जाला ?’ । अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका, कोही राज्य विरुद्धका अपराध छन्, तर बलात्कार भनेको मानवता विरुद्धको अपराध हो । यी पीडाहरूलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’  साथै अहिलेको टीआरसी विधेयक पीडित मैत्री छ, वाहाँले भन्नुभयाे ।

प्रकाशित मिति : August 10, 2024 at 1:44 pm