११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

काठमाडौँका यी क्षेत्रमा आज पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने

२६ साउन, काठमाडौँ । काठमाडौँको थानकोट क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा  सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि पाँच घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

थानकोट फिडर अन्तर्गत गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, बलम्बु विद्युत कार्यालय, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायतका क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : 11:09