ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु
२६ साउन, काठमाडाैँ । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएकाे छ ।
शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटना भएको हो। उक्त विमान दुर्घटना हुँदा सवार सबै ६१ जनाको मृत्यु भएको हाे ।
जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए । साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरस्थित एउटा घरनजिकै जहाज खसेर दुर्घटना भएको र दुर्घटनास्थलमा अन्य मानिसहरू नपरेको पनि त्यहाँको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेकाे छ ।
यात्रुहरूबारे थप विविरण सार्वजनिक भएको छैन।
प्रकाशित मिति : August 10, 2024 at 10:10 am









