३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

दुई हेलिकप्टर कम्पनीको एओसी निलम्बन गर्दै उड्डयन प्राधिकरण

२५ साउन, काठमाडाैँ । दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र नागरिक उड्डयन प्राधिकरणले (एओसी) निलम्बन गर्ने तयारी गरेको छ।

प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर(सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति नै न्यून भएकाले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बनको तयारी गरेको हो।

हाल प्राधिकरणले तोकेकोभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने र वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर कार्यान्वयनकाे अवस्थाकाे विषयमा अडिट गरिरहेकाे पनि सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयाे ।

सोही निर्णय अनुसार दुई हेलिकप्टर कम्पनीको अडिट ६० प्रतिशतभन्दा कम देखिएकाका कारण तत्कालका लागि उडानमा रोक लगाउँदै स्पष्टीकरण मागेको छ।

प्रकाशित मिति : August 9, 2024 at 3:56 pm