३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२४ साउन, काठमाडौँ । जापानमा ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामी आउने चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको थियो

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समुन्द्रको पानीको छाल बढेको र सुनामीको संकेत देखिएको रिपोर्ट गरिरहेका छन् । एक मिटरसम्म पानी बढ्नसक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १४:५९