१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २६ जनासँग बयान लिने संसदीय समितिको तयारी

२२ साउन, काठमाडौँ । संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग सहकारी ठगीसम्बन्धी बयान लिने भएको छ । समिति सभापति सूर्य थापाले मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताउनुभयो ।

तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने भएको थापाले बताउनुभयो ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।

प्रकाशित मिति : August 6, 2024 at 4:16 pm