१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शेख हसिनाले देश छाडेपछि के भयो? (तस्बिरहरू)

२२ साउन, ढाका । शेख हसिनाले बंगलादेशमा राजीनामा दिएर देश छोडेपछि धेरै सहरहरूमा लुटपाट र आगजनीका घटना भएका छन् । ढाकामा जनताको भीड सडकमा उत्रिए र प्रधानमन्त्री निवास सहित धेरै भवनमा तोडफोड गरियो।

शेख हसिना सरकारकी गृहमन्त्रीको निवासमा समेत तोडफोड गरिएको थियो ।

बंगलादेशका सेना प्रमुखले जनतालाई शान्ति कायम राख्न अपिल गर्दै देशमा अन्तरिम सरकार बन्ने र त्यसका लागि सबै दलसँग वार्ता भइसकेको बताए ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा यही जुलाई महिनादेखि देशका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका थिए । तर यो आन्दोलन निकै आक्रामक र हिंसक भयो र जुलाई महिनामा मात्रै ३०० भन्दा बढीको मृत्यु भएको हो ।

शेख हसिनाले यस आन्दोलनलाई साम्य पार्न सेना तैनाथ गरे पनि त्यसले आन्दोलनमा खासै प्रभाव पारेन ।

उक्त आन्दोलन आइतबार ठुलो मात्रामा हिंसा भड्कियो र त्यसमा करिब ९० जनाको मृत्यु भएको थियो भने प्रहरीले सोमबार २० जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

प्रकाशित मिति : August 6, 2024 at 9:59 am