३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

२१ साउन, काठमाडाैँ । गोखार्ज फाइनान्स लिमिटेडको सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा युवराज राई नियुक्त हुनुभएकाे छ । शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले उहाँलाई सञ्चालक पदमा नियुक्त गरेकाे हाे । नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ ।

त्यसैगरी रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत रहेको छ । नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पुर्याउने विश्वास संस्थाले लिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १७:५८