११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्री शाहलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शाहले नेकपा (एमाले) को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री दीर्घ सोडारीको राजीनामापछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो। मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

शाहलाई नै पुनः मुख्यमन्त्रीमा दोहोर्‍याउने कांग्रेस संसदीय दलको आइतबारको बैठकले निर्णय गरेको थियो।

शाह यसअघि २०७९ माघ २६ गते मुख्यमन्त्री बन्नुभएको थियो। त्यसबेला वाहाँलाई नेकपा (एकीकृत समाजवादी) माओवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन थियो।

प्रकाशित मिति : August 5, 2024 at 4:40 pm