१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब १ करोड, निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

२१ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अबिधको तुलनामा भने ग्लोबल आइएमई बैंक लिमिटेडको खुद नाफामा १०.१३ प्रतिशतले गिरावट अाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र इम्पेरमेन्ट चार्ज बढेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ।  समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

dainiki.com

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ।

बैंकको ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ। सोही अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ र कर्जा पनि ४.२३ प्रतिशत बढेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ११:३४