सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आइतबार साँझ ५ बजे सम्मको समय
१९ साउन, धनगढी । प्रदेश प्रमुख नजिर मिँयाले सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।
मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाउनुभएको हो ।
केन्द्रमा नयाँ समीकरण बनेपछि ढलेको सुदूरपश्चिम केन्द्रीय नेताहरूको सहमति अनुसार कांग्रेसको भागमा परेको थियो ।सरकार कांग्रेसले नेतृत्व गर्ने भनिएपनि मुख्यमन्त्री को बन्ने भन्ने अझै टुंगो लागेको छैन।
यसअघिका मुख्यमन्त्री एवम् संसदीय दलका नेता कमलबहादुर शाह, सासंद बहादुरसिंह थापा र प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा मुख्यमन्त्रीका लागि दौडमा हुनुहुन्छ ।
प्रकाशित मिति : August 3, 2024 at 1:23 pm









