२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

१८ साउन, काठमाडौँ । आज चारवटा संसदीय सिमितिको बैठक बस्ने भएको छ ।

राष्ट्रिय सभाअन्तर्गतका एउटा र प्रतिनिधि सभा अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्ने संसद सचिवालयले जनाएको छ ।

साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयकका सम्बन्धमा संसोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा अन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्ने भएको छ ।

उक्त बैठक १२:०५ बजे बस्ने र विद्यालय शिक्षा विधेयक,२०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे र बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थ समितिको बैठक पनि आज दिउँसो १ बजे नै बस्ने र बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्री पौडेलसँग छलफल गर्ने कार्यसूची समेत रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ०९:२१