९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

नगद ६४ हजार रूपैयाँसहित कथाकार लक्ष्मण सिटाैला “हाम्रो कथा घर”बाट पुरस्कृत

१७ साउन, काठमाडाैँ । जालन्धर पन्जाबस्थित ” हाम्रो कथा घर” नामक साहित्यिक सस्थाबाट नगद ६४ नेपाली रूपैयाँ सहित कथाकार लक्ष्मण सिटाैला सम्मानित हुनुभएको छ। उक्त सस्थाको युटुब च्यानलबाट प्रशारण भएको कथा “दोस्रो पुरुष” सबैभन्दा बढी लोकप्रिय र अत्याधिक भिउज जान सफल भएकोमा पुरस्कृत भएको कुरा सस्थाका नेपाल स्थित प्रतिनिधि हरिश कल्पितजीले बताउनु भएको छ।

ठमेलस्थित ” जाइका” होटेलमा एक साहित्यिक समारोह आयोजना गरि पुरस्कार हस्तान्तरणको कार्यक्रम आयोजना गरिएको थियो। साहित्यकार एवं कलाकार हरिश कल्पितको अदक्ष्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा साहित्यकार राजबाबु श्रेष्ठ, कलाकार एवं निर्देशक मनराज श्रेष्ठले पुरस्कृत कथाको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रम साहित्यकार तारा केशीले सन्चालन गर्नुभएको थियो।

प्रकाशित मिति : August 1, 2024 at 10:52 am