२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

जनचाहना पूरा गर्ने गरी पूर्वाधार विकासका काम गरौं: उपप्रधानमन्त्री सिंह

१६ साउन, काठमाडाैँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिनुभएकाे छ ।

विभागकातर्फबाट स्थानीय पूर्वाधार विभाग ललितपुरमा भइरहेका काम तथा आगामी योजनाको ब्रिफिङपछि बुधबार उपप्रधानमन्त्री सिंहले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्ने गरी काम गर्न आग्रह गर्नुभएकाे सचिवालयले जनाएको छ। केही समस्या परेमा मन्त्रालयले आवश्यक समन्वय गर्ने पनि उपप्रधानमन्त्रीले बताउनुभयाे ।

‘सहरी विकास मन्त्रालयअन्तर्गत रहेको यो स्थानीय पूर्वाधार विभागको विकासमा महत्वपूर्ण भूमिका छ,’ वाहाले भन्नुभयाे, ‘ग्रामीण सडक, झोलुंगे पुल, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईहरुको काँधमा छ, प्रभावकारी रुपमा काम सुचारु गर्नुपर्छ ।’

विभागले हालसम्म ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ । १ सय ४९ वटा भवन निर्माणाधिन अवस्थामा रहेकाे छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १४:५५