११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

त्रिशूलीमा बेपत्ता बसको खोजी गर्न चीनसँग पनि सहयोग मागिंदै

१६ साउन, काठमाडौं । त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न सरकारले चीनसँग सहयोग माग्ने भएको छ ।

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बेपत्ता भएका र बसमा ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

उक्त घटनामा परेका दुइ वटा बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको गृहसचिव एकनारायण अर्यालले बताए ।

‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

प्रकाशित मिति : July 31, 2024 at 12:41 pm