त्रिशूलीमा बेपत्ता बसको खोजी गर्न चीनसँग पनि सहयोग मागिंदै
१६ साउन, काठमाडौं । त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न सरकारले चीनसँग सहयोग माग्ने भएको छ ।
मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बेपत्ता भएका र बसमा ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।
उक्त घटनामा परेका दुइ वटा बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको गृहसचिव एकनारायण अर्यालले बताए ।
‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।
प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १२:४१