एआइजी श्याम ज्ञवालीमाथि छानबिन गर्न समिति गठन
१६ साउन, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीविरूद्ध छानबिन गर्न समिति गठन गरेको छ।
एआइजी टेकप्रसाद राईको नेतृत्वमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् । उक्त छानबिन निर्देशनालयमा उनीविरूद्ध उजुरी परेको थियो।
निर्देशनालयको प्रमुख एसएसपी छन् । यद्यपि एआइजीमाथि छानबिन गर्न एसएसपी तहको दर्जाले नमिल्ने भएकाले एआइजी राईको नेतृत्वमा समिति गठन भएको हो।
एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको र कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, नक्कली सर्टिफिकेट, उमेर विवाद, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन् । ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।
प्रकाशित मिति : July 31, 2024 at 10:56 am









