हमासको शीर्षमध्येका नेता इस्माइल हनियेको इरानमा हत्या
१६ साउन, काठमाडौँ । हमासका नेता इस्माइल हनियेको हत्या भएको इरानले दाबी गरेको छ ।
इरानी राष्ट्रपतिको शपथ ग्रहणमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक विभागको शीर्षमध्येका नेता इस्माइल हानियेको हत्या भएको हो।
इरानले उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन। हानियेको हत्या इसराइलले गराएको दाबी गरेपनि इसराइलले यसबारेमा कुनैपनि प्रतिक्रिया जनाएको छैन ।
अक्टोबर ७ मा हमासले इसराइलमा गरेको आक्रमणपछि इसराइलले हमासका सम्पूर्ण नेता र लडाकुहरूलाई मार्ने वाचा गरेको थियो । इसराइलको आक्रमणमा परी हालसम्म ३९ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १ लाख मानिसहरू घाइते छन्।
प्रकाशित मिति : July 31, 2024 at 10:25 am









