९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

खोटाङमा ३ जना सहाराविहिन दलित बालबालिकाको उद्धार

१६ साउन, काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।

उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “टेकबहादुर यही साउन ६ गतेदेखि जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन् । उनकी २२ वर्षीया श्रीमती निर्मलाको २०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन उनीहरूको उद्धार गरिएको हो ।”

प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरु अहिले सोही आश्रममा जीवनयापन गरिरहेका छन् ।

प्रकाशित मिति : July 31, 2024 at 9:10 am