११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

गृहमन्त्री, गृहसचिव र आइजिपीसँग छलफल गर्दै सहकारी सम्बन्धी विशेष समिति

१४ साउन, काठमाडौँ । सोमबार बिहान सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिमा गृहमन्त्री रमेश लेखक सहभागी भएका छन्।

सिंहदरबारस्थित संघीय संसद सचिवालय समितिको बैठकमा छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बोलाएका छन् । उक्त बैठकमा गृहमन्त्री लेखकसँगै आइजिपी बसन्तबहादुर कुँवर, गृहसचिव एकनारायण अर्याललगायत पदाधिकारी रहेका छन् ।

विशेष समितिले सहकारी बचत सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै यसले समस्याग्रस्त २९ वटा सहकारीमाथि छानबिन गरिरहेको हो।

प्रकाशित मिति : July 29, 2024 at 11:59 am