१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

१४ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त हुनुभएको  छ । बैंकका कार्यकारी निर्देशक रहनुभएका पौडेल आजदेखि लागु हुनेगरी प्रवक्ता नियुक्त हुनुभएको हो ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुनुहुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १०:५२