२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

बागमती प्रदेशमा ४ मन्त्रीले लिए शपथ, कुन्दनराज काफ्लेलाई आर्थिक मामिलाको जिम्मेवारी

१२ साउन, काठमाडौँ । बागमती प्रदेशमा आज चार जना मन्त्रीले शपथ लिएका छन् ।

बहादुरसिं लामा मुख्यमन्त्री बनेपछि कांग्रेसबाट नियुक्त भएका चार मन्त्रीले शपथ लिएका हुन् ।

सामाजिक विकासमा हरिप्रभा खड्गी, खानेपानी, ऊर्जा तथा सिँचाइमा श्यामबहादुर खड्का, विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ र आर्थिक मामिला तथा योजनामन्त्रीमा कुन्दनराज काफ्लेले शपथ लिएका हुन् ।

मुख्यमन्त्री लामाले बिहीबार मन्त्री नियुक्त भएका प्रभात तामाङलाई हटाएर कुन्दनलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार १२:११