२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

एमाले नेता किरण पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त

११ साउन, काठमाडौँ । नेकपा (एमाले)का नेता किरण पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारमा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेको हो ।

पौडेल गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो । राष्ट्रिय युवा संघको पूर्व अध्यक्ष समेत रहनुभएका पौडेलले पार्टीमा संकट निम्तिएको समयमा युवाको संघको परिचालन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महत्वपूर्ण सहयोग पुर्याउनुभएको थियो ।

प्रविधिमैत्री पौडेलले युवा संघमा आफैँ अध्यक्ष भएको समयमा साइबरसर्कलको घोषणा गरेर कार्यान्वयन समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १९:०९