२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

११ काठमाडौँ । शुक्रबार दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने र बैठकमा पछिल्लो केन्द्रीय समितिका समग्र परिस्थितिको समीक्षा हुने तथा आगामी कामबारे छलफल गर्ने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

त्यसैगरी, नयाँ समीकरण बनेपछिको वर्तमान राजनीति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयका बारेमा पनि छलफल हुने उपाध्यक्ष सापकोटाले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १०:१७