२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा भागिरथी ज्ञवाली नियुक्त

१० साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न हुनुहुन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १७:१५