२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

३२ अंकले बढ्याे सेयर बजार, १४ अर्ब बढीकाे काराेबार

१० साउन, काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २५६८ को विन्दु कायम भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको सेयर मूल्य घटेको छ । आज माइक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण बढेकाे छ । माइक्रोफाइनान्स उपसूचक ६ दशमव ८३ प्रतिशतले बढेको हाे ।

३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी शिवम् सिमेन्टको २३ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : 15:17