१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सात वटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

९ साउन, काठमाडौँ । बुधबार विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। संसदीय समितिको कार्यकक्षमा समितिका बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सरकारले पछिल्लो समय छिमेकी राष्ट्रहरूसँग गरेको सम्झौताहरूको विवरण, हालसम्मको कार्यप्रगती र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची छ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि विकास समितिको बैठकमा विद्यालय शिक्षा विध्यक २०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची पनि रहेको छ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि ११ बजे नै  बसी उक्त बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकको छलफल गर्ने कार्यसूची पनि रहेको छ ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको साढे ११ बजे बस्दै छ । उक्त बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १०:३८