२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

७ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएकाे छ । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेश गर्नुभएकाे थियाे । उहाँले एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाउनुभएकाे थियाे ।

प्रदेश प्रमुख शेरचनले आचार्यलाई संविधानकाे धारा ७६ को उपधारा २ अनुसार  नियुक्त गर्नुभएकाे हाे ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १८:११